२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्याब्सन मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

Author Uttari Morang
मंगलबार, पुष ०३, २०७५
प्याब्सन मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ ।

विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी १४ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित भएको पदाधिकारीहरूलाई सपथ ग्रहण तथा पदस्थापन गराइएको हो । निर्वाचत पदाधिकारीहरूलाई प्यासनका पूर्व केन्द्रीय सह– कोषध्यक्ष डा. उद्धब पोखरेलले सपथ तथा पदस्थापन गराएका थिए ।

प्याब्सन मोरङ १४ औं अधिवेशनबाट अर्जुन बस्नेत नेतृत्वमा  प्यानल नै निर्वाचित भएको थियो । अघिल्लो वर्ष सर्वसम्मत रुपमा नेतृत्व चयन भएको प्याब्सन मोरङमा यस पटक भने अन्तिम समयसम्म सहमति हुन नसक्दा निर्वाचनबाट नयाँ पदाधिकारी चयन भएको हो ।

प्याब्सनको बरिष्ठ उपाध्यक्षमा सितला सुब्बा, उपाध्यक्ष रीना थापा, भक्तराज सुब्बा, सुभाष राई सचिवमा प्रेमलालसिंह सुवाल, कोषाध्यक्षमा जगतबहादुर बस्नेत, सहसचिबमा सि.एम. रिजाल, विष्णु डंगाल, महिला सह–सचिवमा मनकुमारी गुरुङ र सह–कोषाध्यक्षमा देवी सिटौला रहरेका छन् ।

त्यसैगरी सदस्यहरूमा अमृतप्रसाद ढकाल, गोविन्द्र बहादुर कार्की, केदार पौडेल, इन्द्र सुब्बा, नगेन्द्र प्रसाद ढकाल, र दिपेन्द्र कर्ण रहरेका थिए । सोही अवसरमा प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठलाई निवर्तमान अध्यक्ष सुनील पौडेलले प्रसिडेन्सियल अवार्ड घोषित गर्दै े प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी प्रदान गरेका थिए ।

पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी ,जिल्ला शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको अध्यक्ष विक्रम लुईटेल, जिल्ला अध्यक्ष मोरङका बन्दु पोखरेल र निवर्तमान अध्यक्ष सुनील पौडेललगायतले निर्वाचित टिमलाई बधाई दिएका थिए ।