२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

Author Uttari Morang
बुधबार, पुष ०४, २०७५
बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

इश्वरी घिमिरे, विराटनगर ।  युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ।

बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। “समृद्दिका लागि युवा अभियान” भन्ने मुलनारासहित संचालन हुन गइरहेको सो सम्मेलन जनजागृती युवा क्लब बुढीगंगाले आयोजना गरेको हो।

विभिन्न क्षेत्रका ५ सय जना युवाहरुको सक्रिय सहभागिता रहने उक्त सम्मेलनमा सहभागी युवाहरुलाई ५ ओटा विषयमा तालिमसमेत प्रदान गरिने छ। उदघोषण कला, उत्प्रेरणा, धारणा र व्यवहार,उद्यमशीलता,लैङ्गिक विभेद र युवा नीति विषयमा देशकै ख्यातिप्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।

करिब ९ लाख रुपैयाँको लागतमा संचालन गरिने सम्मेलनका लागि बुढीगंगा गाउँपालिकालगायत विभिन्न उद्योगी व्यवसायी तथा समाजसेवीहरुको आर्थिक सहयोग रहनेछ।

युवाशक्ति नै राष्ट्रको प्रमुख शक्ति भएकाले उनीहरुलाई थप सशक्त र जागरुक बनाइ उनीहरुमा आफैंले केही गरौँ भन्ने भावनाको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको समितिकी सचिव रीता न्यौपानेले बताइन् । युवाशक्ति विदेश पलायन हुने प्रवृतीलाई निरुत्साहित गर्ने, राजनीतिक र सामाजिक क्षेत्रमा पछिल्लो समयमा देखिएका विकृती, विसङतिहरुको अन्त्य गर्ने र स्वरोजगारका अवसरहरुको सृजना गर्ने पक्षमा यो कार्यक्रम सम्भवत: देशमै पहिलो कार्यक्रम रहेको उनले बताइन् ।

विशुद्ध सामाजिक सेवा र गैरराजनितिक ढङ्गले संचालन हुने भनिएको सो सम्मेलनमा सहभागीहरूलाई विशेष सुविधा सहित पुर्णरुपमा निशुल्क तालिम प्रदान गर्ने आयोजक समितिले तयारी गरिरहेको मन्च व्यवस्थापन समितिका संयोजक अशोक अधिकारीले बताए ।

कार्यक्रममा मनोज गजुरेल, श्रीकृष्ण लुइँटेल,साजन राईलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिसहित विभिन्न जातीय तथा साँस्कृतिक झाँकीहरुसमेत प्रस्तुत गरिने तयारी रहेको छ।