२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

Author Uttari Morang
शुक्रबार, पुष ०६, २०७५
अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट
मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् ।
२ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन ।
ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नु पर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन । उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्‍यो र ९ बर्षको उमेरमा सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट प्राप्त गरिन ।
साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उन्लाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गरे ।