२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि

Author Uttari Morang
शनिबार, फाल्गुण २५, २०७५
पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि

घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ ।

आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान अन्तर्गत आजसम्ममा ५६ हजार ९ सय २५ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । नगरमा औषधि सेवन गर्ने लक्षित समूहको संख्या ६३ हजार रहेको छ ।

भोली पथरी बहुमुखी क्याम्पसमा घरदैलो अभियानको अन्तिम दिनको औषधि सेवन गर्ने कार्यक्रम रहेको उहाँले वताउनु भयो । घरदैलो अभियान आजबाट समाप्त भएपनि फागुन महिनाभरी स्वास्थ्य संस्थामा औषधि रहने उल्लेख गर्नुभयो ।

अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष औषधि सेवनको प्रचार प्रसार बढी भएको र औषधिले असर गर्ने भन्ने भ्रम समेत हटेपछि औषधि सेवन गर्नेहरुको उत्साह देखिएको थियो ।

घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा १० वडाका लागि प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको थियो । उनीहरुले घर घरमा तथा विद्यालय विद्यालयमा गएर औषधि सेवन गराएका थिए ।