२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले

Author Uttari Morang
बुधबार, चैत्र १३, २०७५
कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकमा पुग्दा मेयर ज्ञानेन्द्र सुवेदी केहि कार्यालय सहयोगीहरुलाई प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र कसैले ल्याएको छ कि छैन भनेर सोध्दै थिए । कसैले ल्याएको भए फालिदिनु भन्दै उनी निर्देशन समेत दिईरहेका थिए ।

कार्यालय सहयोगीहरु समेत प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र ल्याउँदैनौं र सेवाग्राही आउँदा पनि   वोतलको पानी प्रयोग नगर्न अभिप्रेरित गर्छौं भन्दै थिए । नगरपालिकाकै भवनमा रहेको ३ नम्बर वडाका कार्याालमा रहेका  वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदी पनि वडा कार्यालयमा वोतल नल्याउन निर्देशन गरिरहेका थिए ।

प्लाष्टिक मुक्त नगर बनाउन नगरपालिकाले चैत्र १० गते देखि कार्यालय परिषसर भित्र वोतलको पानी प्रयोग गर्न छाडेको मेयर सुवेदीले बताए । कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीको टेवुलमा देखीने पानीका वोतल हटाएर यतिवेला टेवुलमा सिसाका भांँडा र गिलास राखिन थालिएका छ ।

“प्लाष्टिक होईन विकल्प खोजौंं, प्रदुषण होईन स्वच्छता रोजौ” भन्ने नारा नै तय गरेर प्लाष्टिक मुक्त नगरपालिका  बनाउन लागेको मेयर सुवेदीले बताए । आफुले गरेको निर्णय आफैंंबाट कार्यान्यन गर्नका लागि प्लाष्टिकका वोतलको पानी नखाने भनेर कार्यालयबाट हटाइएको मेयर सुवेदीले बताए ।

जेष्ठ २२ गते विश्व वातावरण दिवसमा प्लाष्टिक मुक्त नगर घोषणा गर्नका लागि चेतनामुलक कार्यक्रम गरीरहेको सुवेदीले बताए ।

नगरपालिकाले प्लाष्टिकको विकल्पका रुपमा कपडाका झोला प्रयोग गर्ने जनाएको छ । प्याकिङ भएर आएका सामाग्री वाहेक प्लाष्टिक प्रयोग नगर्ने नगरपालिकाले जनाएको छ । प्लाटिकका झोलाका विकल्पका रुपमा कार्यालयले माटाका भांँडा तथा सिसाका भांँडाहरु प्रयोग गर्न थालेको छ ।
नगर क्षेेत्रमै  प्लास्टिक झोला नियन्त्रण गर्न वडा वडामा गएर जनचेतनामुलक कार्यक्रम गरीरहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । जनावार देखी मानव स्वास्थयमा तथा उत्पादनमा समेत पलाष्टिकले असर पुर्याउने भएकाले प्लाष्टिकका झोला मुक्त बनाउन लागिएको दाहालले बताए । प्लाष्टिक किट्नाशक औषधि भन्दा हानिकारक हुने उनले बताए  ।
नगरवासीलाई स्वच्छ र स्वस्थ वनाउन नगरलाइ प्लाष्टिकको झोला मुक्त गर्न लागिएको मेयर सुवेदीले बताए ।