२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न

Author Uttari Morang
शनिबार, चैत्र १६, २०७५
महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था महिला अधिकार मन्च माेरङले शनिवार एक कार्यक्रमविच आफ्नाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न गरेकाे छ ।

माेरङ नेत्रहिन संघ बेलबारीकाे सभाहलमा सम्पन्न  अधिवेसनले कल्पना घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे समेत चयन गरेको  छ ।

प्रदेशसभा सांसद यशाेदा अधिकारीले अधिबेशन उद्घाटन गरेकी थिइन् । साे अवसरमा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, नगर प्रवक्ता याेगेन्द्र सुवेदी, राष्ट्रिय महिला अधिकार मन्चकी अध्यक्ष रेणुका मल्ल, नाेवेल मेडिकल कलेज विराटनगरका डाईरेक्टर ईन्दिरा शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा नेकपा बेलबारीका संयाेजक ईरान राई, नेपाली काङ्रेस महा समिति सदश्य महेन्द्र सुवेदी, नारीविकास संघकी अध्यक्ष शुशिला कार्की, माेरङ नेत्रहीन संघकी अध्यक्ष शावित्रा काेईराला, अाेरेक नेपालकी कार्यक्रम अधिकृत सरस्वती दनुवार लगायतकाे पनि उपस्थिति थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य यशाेदा अधिकारीले संविधानले महिलाका अधिकारका क्षेत्रमा प्रष्ट पारेकाे, कानुनकाे अभावमा कार्यन्वयन हुन केही ढिला भए पनि अब चाँडै कार्यान्वयन हुनेमा विस्वास व्यक्त गरिन् । अर्काे फरक प्रशंगमा सांसद अधिकारीले निर्मला पन्तकाे वलात्कार पछिकाे हत्याकाण्डलाई हेरेर सरकार असफल भएकाे भनेर मूल्याङ्कन गर्न नहुने पनि वताईन् ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदी बेलबारी नगरपालिकाका महिला अधिकारका क्षेत्रमा सधैँ लागिरहेकाे वताए । उनले नगरपालिका महिला अधिकार मन्च लगायत महिलाकाे क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग सहकार्य गरेर अगाढि वढ्न तयार रहेकाे वताए ।

महिला अधिकार मन्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले राज्यले महिलालाई सधैँ उपेक्षा गरिरहेकाे आराेप लगाइन्।

कार्यक्रममा १०० वर्षीय पवित्रादेवि अधिकारीलाई दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे ।

साथै साेही अवसरमा अन्तराष्ट्रिय रेफ्री एवम् कराते प्रशिक्षक कुन्ती गुरुङ, मदनभण्डारी स्मृति प्रतिष्ठानका रुद्र बहादुर तामाङ, नाेवेल मेडिकल कलेज विराटनगरका डाईरेक्टर ईन्दिरा शर्मा, नारी विकासका शुशिला कार्की, राष्ट्रिय महिला अधिकार मन्चकी अध्यक्ष रेणुका मल्ल लगायतलाई सम्मान गरिएकाे थियाे ।

महिला अधिकार मन्च माेरङकी अध्यक्ष सीता सुवेदीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने सचिव कल्पना घिमिरेले गरेकी थिईन् । कार्यक्रममा उपस्थित सबैलाई संस्थाका तर्फबाट मनिसा घिमिरेले स्वागत गरेकी थिईन् ।