२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी 

Author Uttari Morang
सोमबार, चैत्र २५, २०७५
इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी 

इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ ।

सोमवार भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी बिजयी भएको हो । टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा आठ विकेटको क्षतिमा पथरी शनिश्चरे नगरपालिका समक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो ।

बेलबारीका लागि आसिस झाले ४७ रन र विकास दासले ३७ रन र १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पथरीशनिश्चरे नगरपालिका ६ विकेट गुमाउदै १ सय १० रनमा समेटिएपछि बेलबारी ६२ रनको फराकिलो अन्तरले विजय हुदै सेमिफाईनलमा प्रबेश गरेको छ ।

खेलमा म्यान आफ द म्याच बेलबारीका विकास दास घोषित भए । मगलवारको सेमिफाईनल खेल भने वेलवारी नगरपालिका र ईटहरी उपमहानगरपालिका विच हुने आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन् । इटहरी–९ स्थित क्रिकेट मैदानमा चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने छ ।
मंगलवार हुने खेलमा समेत  बेलबारीले जित्ने बेलबारी क्रिकेट क्लबका अध्यक्ष विपिन आचार्यले बताए ।