२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

Author Uttari Morang
मंगलबार, चैत्र २६, २०७५
टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ ।

बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ ।

मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई वोलाएर अन्तरक्रिर्या कार्यक्रम गरेको छ । आफनो टोल आफै बनाउंँ भन्ने उदेश्यका साथ टोलका पदाधिकारीहरुलाई समेटिएको वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

उक्त कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल थिए । कार्यक्रममा शाखा अधिकृत महेन्द्र खड्का र योजना शाखाका प्रमुख झमक भट्टराई लगायतले सहजिकरण गरेका थिए । ३ नम्बर वडामा १५ वटा टोल विकास सस्था छन् ।