२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी

Author Uttari Morang
आइतबार, बैशाख १५, २०७६
सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी

सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको पाइएको छ ।

छोटी भन्सार कार्यालय लौकहीको कर्मचारी रमिते बनेपछि भारतको बेला बसमतिया र लौकही क्षेत्रमा तस्करहरू सलबलाउन थालेका  छन् ।  कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको हो।

छोटी भन्सार कार्यलयका केही कर्मचारीहरुले सना देखी ठुला व्यापारीहरुसँग नजराना लिई  कम समानको भन्सार काट्ने गरेको पाइएको छ । लौकही क्षेत्रबाट दैनिक १० देखी १५ लाख रुपैँया सम्मको कारोबार भएपनि भन्सार शुन्य उठ्ने गरेको लौकहीका मोहन यादवले जानकारी दिए ।