२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

Author Uttari Morang
मंगलबार, आषाढ १०, २०७६
बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ ।

वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ ।

नयाँ बन्ने प्रत्येक भवनमा ल्याव, शौचालय, विरामीले आराम गर्ने कक्ष सहित ५ कोठा हुने छन् । स्वास्थ्यको पहुंँच नपुगेका वडाका सेवा दिने उदेस्यले स्वास्थ्य चौकी निर्माण गर्न थालिएको बेलबारी नगरपालिकाका मेयर सुवेदीले बताए । उनले उपचार नपाई कोहि पनि नगरवासीलाई रोगिएर थला पर्न र मर्न नदिने समेत उद्घोष गरे । बेलबारीमा एक प्रथमिक स्वास्थय केन्द्र , ३ स्वास्थय चौकी र २ वटा शहरी स्वास्थय केन्द्र छन ।