२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कतारमा एनआरएन सदस्य बन्नेेहरुको लर्को, पाँच हजारभन्दा बढीले पाउने भए सदस्यता

Author Uttari Morang
मंगलबार, आषाढ ३१, २०७६
कतारमा एनआरएन सदस्य बन्नेेहरुको लर्को, पाँच हजारभन्दा बढीले पाउने भए सदस्यता
दिल कुमार श्रेष्ठ, दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।
प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ । आवेदकहरुका लागी ३० जुन २०१९ सम्म तोकिएको समयमा ५६५२ जनाले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले ५०६७ जनाको नामावली छनौट गरेको हो ।

प्रारम्भिक नामावली प्रकासनको गरिएको पंजीकृत सदस्यहरुका शुल्क भुक्तानी गर्ने अन्तिम मिति १९ जुलाई सम्म तय गरिएको छ । सुचिमा उल्लेखित आवेदकहरुले आफ्नो सदस्य शुल्क एनसीसी कतारले तोकिएका व्यक्तिहरु उत्तम गुरुङ, बिनोद बसौला, अरुण केसी, आस बहादुर गुरुङ, नरेस जैसी, बुद्ध पाण्डे, बसन्त कुँवरलाई बुझाउन सक्ने छन्।

प्रमाणित भई सकेका प्रारम्भिक नामावलीमा प्रकासित आवेदकहरुले तोकिएको समयमा लागत सदस्यता दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुने छ ।

फारम भरेर बसेका कतारमा रहेका प्रवासी नेपालीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन् । निर्वाचन सम्बन्धि प्रक्रिया र पंजीकृत सदस्यको अन्तिम नामावली प्रकासन भएपछि निर्वाचन समितिले आफ्नो काम अघि बढाउने छ ।