२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पहिरोका कारण भेडेटारका २३ घर जोखिममा, एक दर्जन घरलाई अन्यत्र सार्नैपर्ने अबस्था

Author Uttari Morang
सोमबार, साउन १३, २०७६
पहिरोका कारण भेडेटारका २३ घर जोखिममा, एक दर्जन घरलाई अन्यत्र सार्नैपर्ने अबस्था

पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परेका छन्  ।
केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण धनकुटाको सागुरीगढी स्थित भेडेटार वडा नं. ६ को मजुवाको २३ घर अत्यन्तै जोखिममा रेहेका र त्यस मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको वडाध्यक्ष यम (दिपक) मगरले वताए ।

पहिरोले क्षति भएको मजुवा गाउंँको स्थितिको वारेमा वडाध्यक्ष दिपक मगरले पहिरोको क्षति र उद्धार तथा राहतको वारेमा पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनाोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा सहितको टोलीलाई क्षतिको वारेमा जानकारी दिएका थिए । उनले  राहत, उद्धार तथा पिडितहरुलाई स्थानान्तरणका लागि पहल गरिदिन आग्रह गरेका छन्  ।
सो अवसरमा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहर नारायण श्रेष्ठको टोलीले पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहतका लागि पहल गर्ने विश्वास दिलाएका थिए ।

् कांग्रेस धनकुटाको सो टोलीले पहिरोले क्षति भएको धनकुटा नगरपालिकाका विभिन्न वडाहरुमा र सागुरीगढीका विभिन्न वडाहरुको समेत स्थलगत रुपमा गई क्षतीको वारेमा विवरण संकलन गरी पीडितहरुसंग छलफल गर्दै तत्काल पीडितहरुलाई राहत उपलब्ध गराउन समेत सरकारसंग माग गरेको छ ।
विजय राई,धनकुटा