२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एनआरएन आइसीसीको सचिवमा उम्मेदवारी दिने भए कतारका ब्यवसायी आरके शर्माले पनि

Author Uttari Morang
मंगलबार, भाद्र १७, २०७६
एनआरएन आइसीसीको सचिवमा उम्मेदवारी दिने भए कतारका ब्यवसायी आरके शर्माले पनि

सरोज बास्तोला, कतार /  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १५ देखि १७ सम्म हुने नबौ महाधिबेशमा मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विगत लामो समयदेखि निर्माण लगायतका क्षेत्रमा कतारमा कार्यरत सफल व्यवसायी साथै समाजसेवी शर्माले आउंँदो नबौं महाधिबेश २०१९-२०२१ को लागि काठमाडौँमा हुने बिस्व सम्मेलनमा सचिब पदमा उम्मेदवारी दिन लागेका हुन् ।

मध्यपूर्वको एजेण्डा र मुद्धाका लागि खरो आवाज उठाएका शर्मा दुताबासबाटै श्रम स्वकृति दिलाउनेदेखि स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रम अनि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरु लाई निराकरण सम्मका कार्यहरुलाई जोड दिएका छन् ।

मध्यपुर्बबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको बताए । २०१७-२०१९ बर्तमान गल्फ संयोजक मा रही मध्यपूर्वको एजेण्डा र मुद्धाका लागि खरो आवाज उठाएका शर्मा अबका दिनमा सम्पुण गैर आबसियहरुको समस्याहरुलाई नजिकबाट निहाल्दै समस्या पहिचान गर्दै अघि बढ्न बताउछ

एनआरएनएका अभियन्ताहरुसंग लगातार सम्पर्कमा रहेर आफ्नो उम्मेदवारीको बारेमा चर्चा गरिरहेको र अभियन्ताहरुकै हौसलाबाट आफ्नो उम्मेदवारी दर्ता गराउन लागेको बताउछन । २०१५-२०१७ आइसिसि सदस्य भएका शर्मा ब्यवसाय गर्दै गर्दा एनआरएनको संस्थागत बिकास र नेपालीहरु को हकहितका लागि उल्लेखनीय काम गरेका छन ।

नेपालीहरुको हकहितको लागि अहोरात्र खट्न र नेपालीका लागि नयाँ-नयाँ अवसरको वातावरण सिर्जना गर्न अनि श्रमिककै हक हितको लागि आवाजलाइ बुलन्द पार्न कै निम्ति एनआरएनको सचिब पदमा उम्मेदवारी दर्ता गराउन लागेको बताए । साथै बिगतदेखि थाती रहेका मुद्धाहरुलाइ सस्थागत गर्नकै निम्ति र बिशेस नेपाली दाजुभाईहरुका समस्याहरुलाइ समाधान तर्फ उन्मुख गराउदै अझै धेरै काम गर्नकै निम्ति पनि  उम्मेदवारीलाइ सकारात्मक मुल्यांकन गर्दै सहयोग गर्न उनले आग्रह गरेका छन् ।