२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

केराबारीमा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रगत दान

Author Uttari Morang
मंगलबार, भाद्र १७, २०७६
केराबारीमा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रगत दान

केराबारीमा रहेको पुरानो संस्था राष्ट्रिय पुस्तकालयले १२ औं पुस्तकालय दिवसको अवसरमा खुल्ला रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ ।

केराबारी गाउंँपालिकाको परिसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल ४८ जनाले रगत दान गरेका थिए ।सोही अबसरमा मोरङ सुनसरी सेवा समाजका पूर्व अध्यक्ष गोकुल थापाले १६ औं पटक रक्तदान गरेका छन् ।

गाउँपालिकाको प्रमुख रोहितबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष शान्ति कुमारी लिम्बू भुजेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले पछिल्ला दिनहरूमा पुस्तकालयले गरेको प्रगति सम्झन लायक रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष शान्ति कुमारी लिम्बूले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तकालयले गरेको कामको प्रशंसा गर्दै रगतदान जस्तो परोपकारी कार्य गरेकोमा पुस्तकालयलाई धन्यवाद दिइन् ।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर संस्थाले दोश्रो सत्रमा साहित्यिक रचना बाचन कार्यक्रम समेत आयोजना गरेको छ ।
कार्यक्रममा सुनसरीका पत्रकार तथा साहित्यकार प्रकाश दिप्साली राई, अच्युत भट्टराई, खेमराज शर्मा (सरल ),ले समसायिक रचना बाचन गरेर कार्यक्रमको माहौल तताएका थिए ।

कार्यक्रममा केराबारीका नगेन्द्र सूवेदी ,क्रान्ति लिम्बू,जीवन चेम्जोंग गोकुल पराजुली, संगम कन्दंम्बा,रविन सापकोटा,नविन थापा क्षेत्री ,युवराज ठकुरी लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमा संस्थाका अध्यक्ष महाप्रसाद लुइटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।