२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

किरात याक्थुङ चुम्लुङ बेलबारीकाे प्रथम अधिवेसन

Author Uttari Morang
शनिबार, भाद्र २१, २०७६
किरात याक्थुङ चुम्लुङ बेलबारीकाे प्रथम अधिवेसन

बेलबारी, माेरङ/ किरात याक्थुङ्ग चुम्लुङ्ग नगर समिति बेलबारीले शनिबार एक कार्यक्रमविच आफ्नाे प्रथम नगर अधिवेसन सम्पन्न गरेकाे छ ।

बेलबारी ३ मा रहेकाे धार्मिक वनमा विशेष कार्यक्रम गरेर  ऐतिहासिक अधिवेसन  गरेकाे हो ।

किरात याक्थुङ्ग चुम्लुङ्ग प्रदेस नं १ का संयाेजक ध्रुव कुमार मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदश्य नारायण याक्साे, आदिवासी जनजाती नगर समन्वय परिसदका अध्यक्ष तीलकप्रसाद राई, सवडिभिजन वन कार्यालय बेलबारीका प्रमुख शत्रुघ्नलाल यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा विविध आदिवासी जनजातीका कला र संसंकृति झल्कने झलकहरु पनि प्रस्तुत गरिएका थिए ।
साथै अधिवेसन सुरु हुनुभन्दा अघि र्यालीकाे आयाेजना गरिएकाे थियाे । र्यालीले बेलबारी बजार परिक्रमा गरेकाे थियाे ।

कार्यक्रममा विविध क्षेत्रमा याेगदान दिने महानुभावहरुलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।

साथै समयका अभावले वन्दसत्र भने भाेलि हुने र नयाँ नगरकार्य समितिकाे चयन हुने किरात याक्थुङ चुम्लुङ तदर्थ समितिले जनाएकाे छ ।