२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नि:शुल्क आंँखा जांँच गरियो धनकुटा कारागारका कैदी बन्दीहरुको

Author Uttari Morang
सोमबार, आश्विन ०६, २०७६
नि:शुल्क आंँखा जांँच गरियो धनकुटा कारागारका कैदी बन्दीहरुको

धनकुटा कारागारमा रहेका कैदी तथा बन्दी जीवन बिताई रहेकाहरुको नेपाल नेत्र ज्योती संघ धनकुटाले निशुल्क आंँखा जाच गरेको छ ।
संविधान दिवसको अवसरमा धनकुटा कारागारमा आयोजना गरिएको निशुल्क आंँखा परिक्षण कार्यक्रममा कारागारका ५९ जना कैदी बन्दीहरुको आंँखा जाच गरिएको नेपाल नेत्र ज्योती संघ आखा शिविर व्यवस्थापन तथा समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताए ।
नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईको अध्यक्षतमा भएको आखा जाच कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन कोईराला, बरखगणका सेनानी सुरेन्द्र वहादुर कार्की,नापी कार्यालय धनकुटाका प्रमुख मिथलेश यादव,नेपाल नेत्र ज्योती संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,धनकुटा कारागारका प्रमुख राम प्रसाद नेपाल लगायत कारागारका कैदी बन्दीहरुको सहभागीता  थियो ।
नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाका नेत्र स्वास्थ्य प्राविधिक डोनराज गुरुङ्गको नेतृत्वमा रहेको नेत्र स्वास्थ्यकर्मी टोलीले धनकुटा कारागारमा निशुल्क आंँखा परिक्षण गरेको आयोजकलेे जनाएको छ ।

सरु राई,धनकुटा