२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङमा २१ हजार घुुस सहित अख्तियारको फन्दामा परे वडाध्यक्ष

Author Uttari Morang
मंगलबार, मंसिर ०३, २०७६
मोरङमा २१ हजार घुुस सहित अख्तियारको फन्दामा परे वडाध्यक्ष

सेवाग्राहीबाट घुस लिंँदा लिदै मोरङ जहदा गाउँपालिका १ का का.वा. वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छन् ।

अख्तियार अनुन्धान आयोग प्रदेश १ कार्यालय इटहरीको टोलीले साहलाई २१ हजार घुस सहित वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए ।

एक दिन ढिलो मंगलबार सम्झौता गर्न आएको भन्दै साहले माग गरेको २० हजारमा एक हजार थप गरेर २१ हजार रुपैयाँ माग गरेको पुष्टि भएको प्रवक्ता ढकालले बताए ।

वडा अध्यक्ष प्रदीप यादव हत्या अभियोगमा लामो समयदेखि फरार छन् । विराटनगर महानगरपालिका–१४ का समानन्द मण्डलको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा  मुछिएका कारण प्रदीप फरार भएका हुन् ।