२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि

Author Uttari Morang
शनिबार, माघ २५, २०७६
हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि

उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् ।

मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् ।

छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र सुवेदीले बताए । सुरवात बर्षहरुमा गलत प्रचारका कारण धेरैले औषधि खाएनन् प्रबक्ता सुवेदीले भने – अहिले त्यस्तो नहोस भनेर हामी पनि स्वास्थयकर्मीहरु संँगै हिड्यौ ।

यस्तै बेलबारी नगरपालिकाकै उपमेयर ढाका कुमारी पराजुलीले सवैले देख्ने गरी औषधि खाएको बताइन् । सवैलाई खान आग्रह गर्दै औषधी खादै गरेको फोटो समेत सामाजिक सजाल फेसवुकमा राखेको समेत बताईन् ।

बेलबारीमा मात्रै औषधि खुवाउनका लागि ३५ जना महिला स्वंमसेविका तथा ७५ जना स्वास्थ्यकर्मीहरु खटाएको स्वास्थय संयोजक सन्तोष विश्वकर्माले बताए । ५ दिन सम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको उनले बताए । औषधि पहिलो दिन केन्द्र केन्द्रमा खुवाएका स्वास्थ्यकर्मीहरु दोस्रो दिनदेखि घर घरमा खुवाउने छन् ।

मोरङका १७ वटै स्थानीय तहमा करिव ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान वहादुर बस्नेतले बताए । हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने कार्यक्रममा ५ हजार बढी स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।
हात्तिपाईलेको जिवाणु भएको जनसंख्या १ प्रतिशतमा झार्ने सन् २०१८ मा सरकारले लक्ष्य लिएपनि अहिलेसम्म पुरा हुन सकेको छैन । नेपालका करिव १ दशमलव ४७ प्रतिशत जनसंख्यामामा हात्तिपाईलेको जिवाणु देखिएको छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त विरामीहरुले भने औषधि सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउंँछन् । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । हात्तिपाईले संँगै जुकाको समेत औषधि खुवाइएको छ ।