२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले

Author Uttari Morang
बुधबार, फाल्गुण १४, २०७६
हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले

इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यक्तिहरुलाइ फिर्ता गरेको छ ।

हराएका मोबाइल खोजीका लागि परेका निवेदनको आधारमा प्रहरीले  मोबाइल पत्ता लगाई सम्बन्धित धनीलाई मङगलबार जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले हस्तान्तरण गरेका हुुन् ।

हराएका मोबाइल रौतहट, वीरगन्ज, सिन्धुली, धनकुटा , उदयपुर, झापा, सिराहा सप्तरी र मोरङबाट फेला पारी सम्बन्धित धनीलाई  हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

हराएका मोबाइल फिर्ता पाउनेहरुमा सुन्दरहरैचाका केशर चौधरी, सुन्दरहरैचाकै राजेश भण्डारी, नीरज थापा, सितादेवी राई, आशिष ढकाल, अरन्जेब महमद र सुन्दरहरैचा–७ भत्त बहादुर श्रेष्ठ छन् ।

त्यसैगरी बेलवारीका रेनुका भट्टराई, अनीश श्रेष्ठ, तीर्थराज श्रेष्ठ, लक्ष्मी राई र राधा मल्लिकले पनि हराएका मोोबाइलफिर्ता पाएका छन् । त्यस्तै इटहरीका किशोर राई, ग्रामथानका सुरज चौधरी र करण माझी, विराटनगरका भीम दाहाल, लेटाङका स्वेता चेम्जोङले पनि हराााएको मोबाइल फिर्ता पाएका छन् ।

ती १७ वटा मोबाइलको मुल्य ७ लाख भन्दा बढी भएको प्रहरीले जनाएको छ । यसअघि पनि बेलबारी प्रहरीले अढाई दर्जन हराएका मोबाइल फिर्ता गरेको थियो ।