२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

दर्ता तथा नविकरण गरेर ब्यबशाय गर्न बेलबारी नपाको आग्रह, अबैध भए काम कारबाही रोक्ने चेतावनी

Author Uttari Morang
बिहिबार, फाल्गुण २९, २०७६
दर्ता तथा नविकरण गरेर ब्यबशाय गर्न बेलबारी नपाको आग्रह, अबैध भए काम कारबाही रोक्ने चेतावनी

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र संचालित संघ–संस्था तथा ब्यबशायहरु दर्ता तथा नवीकरण गरेर मात्रै संचालन गर्न आग्रह गरेको छ ।

नगरपालिका भित्र कतिपय ब्यबशाय तथा कतिपय संघ संस्थाहरु दर्ता नभई संचालन भइरहेको पाइएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

त्यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण हुने घर तथा भवनहरु आधिकारिक निकायवाट बनाउन आग्रह समेत गरेको छ । नगरपालिकाले ब्यबसायिक प्रमाणपत्र लिएका ब्याबसायीबाट मात्रै घर तथा भवनहरु बनाउन दिने निर्णय गरेको प्रबक्ता सुुुुवेदीले बताए ।

नगर कार्यपालिकको २४ गते बसेको बैठकले दर्ता तथा नविकरण नगरी संचालन गरेका संंघ संस्था तथा ब्यबशायहरुलाइ कुनै प्रकारको सेवा प्रबाह नगर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बताए ।