२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा हालसम्म ८० जनाको कोरोना परिक्षण, सवैको रिपोर्ट नेगेटिभ

Author Uttari Morang
शनिबार, बैशाख ०६, २०७७
बेलबारीमा हालसम्म ८० जनाको कोरोना परिक्षण, सवैको रिपोर्ट नेगेटिभ

मोरङको बेलबारी नगरपालिकाले शनिवार ५८ जनामा कोरोना भाइसरको परिक्षण गरेको छ ।

विभिन्न देशबाट आएका ५८ जनाको परिक्षण गरीएको र तिनिहरु सवैमा नेगेटिभ भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिवाट परिक्षण गरीएको हो ।

विभिन्न देशबाट आएका १ सय ४ जना मध्ये २२ जनाको यसअघि नै परिक्षण गरीएको र उनिहरुको समेत नेगेटिभ आएको यियो । वाह्य देशबाट आएकाहरुमा बढि सक्रमित हुने गरेकोले उनिहरुको परिक्षण गर्ने गरेको उनले बताए । ¥यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि वाट गरीएको परिक्षणको नतिजा समेत १५ मिनेटमै आउने स्वास्थ्यकर्मीहरुले बताएका छन ।