२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

हुन्छ लोकतन्त्रमा….. तिला लेकाली

Author Uttari Morang
शुक्रबार, बैशाख १२, २०७७
हुन्छ लोकतन्त्रमा….. तिला लेकाली

गजल 

ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमा
जाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा

बहत्तरको भुकम्पमा त्रिपाल बाँडेकै छ
हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा

जनतालाई लौरो बनाई पारि तरेपछि
जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा

बेपत्ता अनि द्वन्द्व पीडित जतासुकै जाउन्
खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा

भोटकै दिन गरीब किन्ने अझै दुई वर्ष छ
बढी भन्दा बढी कमाऊ हुन्छ लोकतन्त्रमा

तिला लेकाली
बेलबारी,मोरङ

२०७७/०१/११