२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बिना धितो दुई प्रतिशत ब्याजमा ५ लाखसम्म ऋण दिनेभो बेलबारी नगरपालिकाले

Author Uttari Morang
बुधबार, कार्तिक १९, २०७७
बिना धितो दुई प्रतिशत ब्याजमा ५ लाखसम्म ऋण दिनेभो बेलबारी नगरपालिकाले

कोरोना भाइरसका कारण बेरोजगार बनेका, बैदेशिक रोजगारीबाट घर फर्कीएका र के गर्ने भन्ने चिन्ताले बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले  मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ ।
वैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगगरपालिकाले युवा स्वारोजगार कार्यक्रम संचालन गर्ने भएको हो । नगरपालिकाले युवा स्वरोजगार तथा लक्षित बर्ग कार्यक्रम संचालन कार्यविधि नै बनाएको छ । सो कार्यबिधी कार्तिक १६ गते आइतवार बसेको नगर कार्यापालिकाको बैठकले पास समेत गरेको छ । आवश्यक कानुन बनाएको र  अब चाडै नै सो कार्ययक्रम कार्यान्यनमा  जाने मेेेयर ज्ञानेन्द्र सुुुुवेदीले बताए ।                         युवाहरुलाई नगरपालिकानै जमानी बसेर ५ लाख रुपैया २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने उनले बताए । बैक तथा बितिय सस्थालाई तिनुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिने समेत मेयर सुवेदीले बताए । यस कार्यक्रममा सहभागि हुने युवा तथा युवा समुहले बिना धितो ऋण पाउने छन ।
उक्त कार्यक्रम अन्तरगत कृषि, पशुपालन, माछा पालन, ब्यापार ब्याबसाय गर्नेहरुका लागि लक्षित रहेको छ ।सामुहिक खेति तथा ब्यापार ब्याबसाय गर्नेहरुलाई पहिलो प्राथमिक्ता दिइने मेयर सुवेदीले बताए । उनका अनुसार युवा स्वारोजगार कोषको नाममा छुटै कोषको स्थपना गरीन्छ ।                    युवा तथा लक्षीत बर्गका लागि यस कार्यक्रमले आफनै ठाँउमा ब्याबसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले यो कार्यक्रम थालेको हो । नगरपालिकाले यसका लागि १ करोड रुपैयाको कोष स्थापना गर्ने भएको छ ।
यस्तै नगरपालिकाले आधारभुत तथा गरिव परिवार खाध्य सुरक्षा कार्यक्रम समेत संचालन गर्ने भएको छ । आफुले उत्पादन गरेको अन्न वालिले ३ महिना भन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरी बाट दैनिक गुजारा चलाउने परिवारलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेको हो ।                                                         गरिवीको रेखा मुनि रहेका परिवारहरुका आर्थीक अबस्था उकास्नका लागि उनिहरुको चाहना अनुसारका आय आर्जन मुखि कार्यक्रम गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बताए । उनका अनुसार आफुले उत्पादन गरेका खानेकुरा नपुग्ने परिवारलाई खाना खान नपुग्ने परिवारलाई
त्यस्ता परिवारको तथ्याक संकलन गरीसकेका छौ नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले भने हामी अव लगतै ति परिवारले के गर्न चाहन्छ उनहिरुको इच्छा अनुसारको रोजगारी सिर्जना गरिदिन्छौ ।
उद्यमीहरुलाई लक्षित गरेर नगरपालिकाले गविर सँग नगरपालिका कार्यक्रम गरीरहेको छ । यस्तै हिजै बसेको कार्यापालिका वैठकले श्रमिकहरुको सेवा सुरक्षा समबन्धि कार्यविधि समेत पास गरेको छ ।