सुकुनाको संयोजनमा प्रदेश १ र २ का शैक्षिक संस्थाहरूको भर्चुअल प्रबोधीकरण
Uttari Morang
कक्षा ११ र १२ सञ्चालन गरेका प्रदेश नं १ र २ का विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरूको प्रतिनिधिमूलक सहभागितामा सुकुना क्याम्पसमा भर्चुअल प्रबोधीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्तिक २० देखि २२ गतेसम्म भएको कार्यक्रममा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी अध्यापन गर्ने ३०० शिक्षकहरू सहभागी थिए । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा पाठ्यक्रम २०७६ तर्जुमा गरे अनुसार सुकुनामा सो कार्यक्रम भएकाे हो । पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक केशवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय प्रदेश नं १ का निर्देशक डम्बरकुमार बतास, शिक्षा विकास निर्देशनालय प्रदेश नं १ का निर्देशक बुढाथोकी, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका अङ्गे्रजी विषयका विज्ञ शङ्कर अधिकारी, नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष शिवराम सञ्जेल, पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका नेपाली विषयका विज्ञ इन्दु खनाल लगायतको आतिथ्यता थियो । सुकुना स्कुुलले शैक्षिक शत्र २०७७ देखि कक्षा १ र कक्षा ११ मा, २०७८ देखि कक्षा २, कक्षा ३ कक्षा, कक्षा ६ र १२ मा, २०७९ देखि कक्षा ४, कक्षा ७ र कक्षा ९ मा र २०८० देखि कक्षा ५, कक्षा ८ र कक्षा १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।






