२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेलका विद्यार्थीलाई दियो पीपीई 

Author Uttari Morang
आइतबार, कार्तिक ३०, २०७७
मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेलका विद्यार्थीलाई दियो पीपीई 

नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

सोसाईटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा.रामहरी घिमिरे, नेपाल मेडिकल एसोशिएसनका कोशी अञ्चल अध्यक्ष डा.फरवार्ड सिलवाल, सोसाईटीका कार्यक्रम व्यवस्थापक सबिन रेग्मी लगायतले सामाग्री हस्तान्तरण गरेका छन् । कोरोनाको महामारीका बेला उपचारको अग्रमोर्चामा खटिरहेका इन्टर्नहरुलाई सुरक्षित राख्न सामाग्री प्रदान गरिएको सोसाईटीका कार्यक्रम संयोजक राजेश शर्मा पौडेलले जानकारी दिए ।

सोसाईटीले हालसम्म काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायत ८ वटा कलेजमा कार्यरत करिब ६ सय इन्टर्नहरुलाई सामाग्री प्रदान गरिसकेको छ । ताईवानस्थित चुजी फाउण्डेशनको सहयोगमा सामाग्री प्रदान गर्दै आएको सोसाईटीले देशभरका १४ मेडिकल कलेजका करिब ९ सय इन्टर्नलाई सामाग्री प्रदान गर्ने जनाएको छ ।