२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटाका दुई दर्जनभन्दा बढी शहिद परिवारलाई राज्यले उपेक्षा गरेको आरोप

Author Uttari Morang
बुधबार, माघ १४, २०७७
धनकुटाका दुई दर्जनभन्दा बढी शहिद परिवारलाई राज्यले उपेक्षा गरेको आरोप

सहिदका सपना अधुरो रहेको र राज्यले अहिलेसम्म धनकुटाका सहिद र तिनका परिवारहरुलाई सम्मान नगरी अपमान गरेको धनकुटाका सहिद परिवार र सरोकारवालाहरुले बताएका छन् ।

सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले सहिद दिवसको अवसमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरूले राज्यले उपेक्षा गरेको बताएका हुन् ।

संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा, नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुगाना, नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राइ लगायतले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यपर्ण सहित श्रद्धाञ्जली व्यक्त गर्दै राज्यबाट धनकुटाका सहिदहरु र सहिदका परिवारहरुलाई अहिले सम्म उचित सम्मान नगरी अपमान गरिरहेको वताएका थिए ।
सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सहिद भीम नारायण श्रेष्ठका छोरा मनोज नारायण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष धन कुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी , नेपाली कांग्रेसका क्षेत्रिय कोषाध्यक्ष निरुपा राई, नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, उपाध्यक्ष विर्मशमान अमात्य, सचिव सरोज धमला, धनकुटा वहुमुखी क्याम्पस सभापति करुणा कटुवाल लगायत सहिद परिवारहरुले जनताका र राष्टका लागी ज्यान आहुती दिनु भएका धनकुटाका सहिदहरुको सपना अहिले पनि अधुरैै रहेको वताए ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको क्रममा धनकुटा जिल्लाबाट  २७ जनाले सहादत प्राप्त गरेका थिए ।  उनीहरूलाई २०७४ साल माघमा तत्कालिन मन्त्री सुनिल थापा र नेपाली कांग्रेस धनकुटाको पहलमा तत्कालिन प्रधान मन्त्री शेर वहादुर देउवा नेतृत्वको मन्त्रिपरिदले सहिद घोषणा गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।