२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा ‘गरीखाने अभियान’ का लागि सहयोग गर्ने बिनोद चौधरीको आश्वासन

Author Uttari Morang
शनिबार, फाल्गुण १५, २०७७
धनकुटामा ‘गरीखाने अभियान’ का लागि सहयोग गर्ने बिनोद चौधरीको आश्वासन

नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक बिनोद चौधरीसँग धनकुटा कांग्रेसका प्रतिनिधिहरुले गरीखाने अभियानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समिति १ नम्वर प्रदेश समितिद्धारा झापाको धुलावारीमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी धनकुटाको टोलीले चौधरीलाई भेटेर सो आग्रह गरेको हो ।              प्रशिक्षण कार्यक्रममा उद्योगपति बिनोद चौधरी, सहसंयोजक पूर्व मन्त्री दिपक खडेका, सहसंयोजक पूर्व मन्त्री इन्द्र बानिया, सहसंयोजक शिक्षाविद उमेश श्रेष्ठराष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द्र पोखरेल र गरिखाने अभियानका सिइओ राजु नेपाल लगायतको उपस्थिति थियो ।

चौधरीसँगको भेटघाटमा गरिखाने अभियान १ नम्बर प्रदेश सदस्य तथा पार्टीका कोषाध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटा सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्माण व्यावसायी संघ धनकुटाका उपाध्यक्ष प्रकाश राइ लगायतका प्रतिनिधि मण्डलको सहभागिता थियो ।

चौधरीले सवै कांग्रेसजनलाई उद्यमी बनाउदै दिगो राजनिति गर्ने वातावरण सिर्जना गरी राजनितिलाइ सम्मानित बनाउन गरिखाने अभियान संचालन गरेको जानकारी गराउदै धनकुटा लगायत सवै जिल्लामा प्रभावकारी रुपमा गरिखाने अभियान संचालन गर्न सहयोग गर्ने आश्वासन दिएका थिए ।