२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

‍इस्ट्रन भ्यूले जित्यो बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि

Author Uttari Morang
आइतबार, चैत्र २२, २०७७
‍इस्ट्रन भ्यूले जित्यो बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि

बेलबारी ११ लक्ष्मीमार्गमा शनिबार सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा जित हासिल गर्दै बेलबारी–१० को इस्ट्रन भ्यू इङलिस स्कूल प्रथम भएको छ।

विभिन्न ७ खेलमा जित हासिल गर्दै बेलबारी–११ स्थित लक्ष्मी मावि द्वितीय तथा विभित्र ५ खेलमा जित हासिल गर्दै बेलबारी–३ स्थित भगवती मावि तृतीय भएका छन् ।

तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता बिद्यालयहरु तथा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम् बधाई ज्ञापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले खेल क्षेत्रको विकास अपरिहार्य रहेकोले यस प्रकारका गतिविधिले विद्यालय तहदेखि नै खेल क्षेत्रमा सम्भावना बोकेका खेलाडीका लागि राम्रो अवसर प्रदान गरिरहेको बताइन् ।