२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ

Author Uttari Morang
बिहिबार, साउन २८, २०७८
लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ

धनकुटा उद्योग बाणिज्य संघको बैठकले लकडाउन अबधिको ब्यापारिक घर भाडा मिनाहा गराउन आब्हान गर्ने, कर शिक्षा कार्यक्रम संचालन गर्ने, ब्यबशायीहरुलाइ कोरोना विरुद्ध खोप लगाउन पहल गर्ने तथा कोरोना विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।

   संघले लडाउनका कारण व्यापारी तथा ब्यबशायीहरु मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरुलाई आग्रह गरेको छ । अग्रपक्तिमा रहेर सेवा प्रवाह गरीरहेका सम्पूर्ण व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपका लागि पहल गर्ने निर्णय गरेको छ ।

  उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्षहरु खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ, महासचिव राम वहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेवती प्रसाद दाहाल, डिजेस शाक्य, रिदम श्रेष्ठ, कार्यालय सचिव सिचन प्रधानले व्यापारी तथा व्यावसायीहरुलाई घरभाडा छुट गरिदिन घरधनीहरुलाइ आग्रह गरेका छन् ।

अघिल्लो लकडाउन अबधिमा उद्योग बाणिज्य संघको पहलमा शुरु भएको अभियानमा धनकुटा जिल्लाभरीका ३ सय २४ जना  घर धनीहरुले घर भाडा मिनाहा गरेका थिए ।

धनकुटा जिल्लाभरी घरधनीहरु र सरकारी तथा गैरसकारी कार्यालय तथा संघ संस्थाहरुले २ महिनादेखि ५ महिना सम्मको भाडा छुट गरी सहयोग गरेका थिए ।

धनकुटा नगरपालिका, धनकुटा अस्पताल, त्रिवेणी मावि, नेपाल पत्रकार महासंघ धनकुटा, समाज कल्याण संस्था धनकुटा, नेपाल निर्माण व्यावसायी संघ धनकुटा लगायतका संस्थाहरुले व्यापारी भवनहरुको भाडा र सटरहरुको भाडा छुट गरेका थिए ।