२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुकुना माध्यमिक विद्यालयद्वारा २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण

Author Uttari Morang
आइतबार, आश्विन १०, २०७८
सुकुना माध्यमिक विद्यालयद्वारा २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण

सिकाइलाई प्रविधियुक्त र प्रभावकारी वनाउने उद्देश्यले  मोरङ सुन्दरहरैँचा नगरपालिका १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ ।

विद्यालयले पहिलो चरणमा २४ जना शिक्षकहरूलाई एक एक वटा ल्यापटप वितरण गरेको हो । आर्थिक बर्ष २०७७/०७८ को नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको १९ लाख ८० हजार बराबरका ल्यापटप बितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयले मापदण्ड बनाएर शिक्षकहरूसँग करार सम्झौता समेत गरी ल्यापटप बाँडेको हो ।

विद्यालयलाई डिजिटलमैत्री बनाउन शिक्षकहरूलाई पहिलो चरणमा २४ थान ल्यापटप बितरण गरिएको र निकट भविष्यमै थप २४ जना शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर नेउपानेले बताए ।

सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेलले सामुदायिक विद्यालय प्रति अभिभावकहरूको विश्वास घट्न नदिन र पठनपाठनलाइ डिजिटल अर्थात प्रबिधिमैत्री बनाउन विद्यालयको कदम सह्राहनिय रहेकोे बताए ।
सुन्दरहरैँचा नगरपालिका वडा नं १० का अध्यक्ष राजेन्द्र थापाले ल्यापटप बितरणपछि विद्यालयको पठनपाठनमा अझै सुधार हुने बताए ।

यस विद्यालयमा हाल ४ हजार २ सय बिद्यार्थी अध्यायनरत रहेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।