२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नोबेलमा यस बर्ष थपिए पारामेडिकलका सयभन्दा बढी विद्यार्थी

Author Uttari Morang
आइतबार, मंसिर १९, २०७८
नोबेलमा यस बर्ष थपिए पारामेडिकलका सयभन्दा बढी विद्यार्थी

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्र्तगतका चार संकायमा पूर्वी नेपालका विभिन्न जिल्लाका १०६ विद्यार्थी भर्ना भएका छन् ।
कलेजको सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गर्दै नोबेल मेडिकल कलेजका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. रामहरी घिमिरे, सह–प्राचार्य प्रा.डा.रितु बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा लगायतले बिद्यार्थीलाई अनुशासित भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिए ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षाका क्षेत्रमा अग्रणी मानिने नोबेल मेडिकल कलेजमा नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।