२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बेलबारीको लक्ष्मी मावि मा आयोजित महापुराणमा ५० लाखभन्दा बढी संकलन

Author Uttari Morang
सोमबार, मंसिर २७, २०७८
बेलबारीको लक्ष्मी मावि मा आयोजित महापुराणमा ५० लाखभन्दा बढी संकलन

विद्यालय बस खरिद र ऐतिहासिक संग्रहालय निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले मोरङ बेलबारी ११ स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा आयोजित श्रीमदभागवत समावेशी महापुराणमा जम्मा ५० लाख ६० हजार ९ सय ४० रुपयाँ संकलन भएको छ ।

मंसिर १८ गतेदेखि २५ गतेसम्म भएको महापुराणमा ५० लाखभन्दा बढी आम्दानी भए पनि ८ लाख ८५ हजार ८ सय १९ रुपैयाँ खर्च भएको र खर्च कटाएर ४१ लाख ७५ हजार १ सय २१ रुपैयाँ बचत भएको विद्यालयले जनाएको छ ।

पुराणमा राधिका दासीले मुख्य कथाबाचिकाको रुपमा पुराण बाचन गरेकी थिइन् । पुराणमा दाताहरुले उल्लेख्य सहयोग गरेको र संकलित रकमबाट विद्यालयका लागि स्कुल बस खरिद गरिने र बचेको रकम संग्रहालयका लागि खर्च गरिने बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले बताए ।