२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

विश्व रक्तदाता दिवसको अवसरमा केएमसीमा रक्तदान, ४४ प्रिन्ट रगत संकलन

Author Uttari Morang
बिहिबार, आषाढ ०२, २०७९
विश्व रक्तदाता दिवसको अवसरमा केएमसीमा रक्तदान, ४४ प्रिन्ट रगत संकलन

भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।

अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।

रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।

केएमसीले सामाजिक सेवामूलक काममा जोड दिदैं आएको छ । सोही अनरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएको छ ।