२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

Author Uttari Morang
सोमबार, भाद्र ०६, २०७९
जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको  छ ।
विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल, महासचिवमा उदयप्रसाद, सचिवमा रबिन र डिल्लीराम जमरकट्टेल र कोषाध्यक्षमा टिकाराम जमरकट्टेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लोकनाथ, चिनमाया, एकराज, ख्यामराज, शेषकुमार, घट्टराज, गणराज, कोपिला र कविता जमरकट्टेल चयन भएका छन् ।२३ सदस्यीय बन्ने सो कार्यसमितिका वाँकी पाँच सदस्य नव निर्वाचित कार्यसमितिको बैठकले चयन गर्ने प्रतिष्ठानले जनाएको छ ।