२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

Author Uttari Morang
शुक्रबार, भाद्र ३१, २०७९
भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

 नेपाल छैटौं महिला साफ च्याम्पियन सिपको फाइनलमा  पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा  भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालका लागि रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मिले गोल गरेकी थिइन् ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८- ० ले पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

 सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश भिड्नेछन् । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।