२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो

Author Uttari Morang
मंगलबार, कार्तिक १५, २०७९
बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन्  ।

आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन्  । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर बाटो कालोपत्रे गरिने छ अध्यक्ष प्रचण्डले भने।
गोरखाको धुवाँकोटमा नै बसेर माओवादी पार्टीको परिकल्पना गरेको र आज यो स्थानसम्म आएको बताउँदै प्रचण्डले यहाँ आएर निर्वाचनमा उम्मेदवारी दिने धेरै पहिला देखिको योजना यसपटक पुरा भएको बताए ।

गोरखाले गण्डकी प्रदेशको मुख्यमन्त्री र केन्द्रिय सरकारको नेतृत्व एकै साथ प्राप्त गर्ने सम्भावना रहेको उनले बताए ।
प्रचण्ड भावी प्रधानमन्त्री : बाबुराम
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् ।

गोरखाको विरुवाटारमा  मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहाल सहित पुगेका भट्टराईले सो कुरा बताएका हुन्  ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको स्मरण गर्दै भट्टराईले तर एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन भनेर आफु उम्मेदवार नभएको बताए ।आफु अरु कुनै ढंगले सक्रिय हुने भट्टराईले बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज पाण्डेले पनि गोरखाले प्रधानमन्त्री पाउनेमा कुनै शंका नरहेको बताए ।