ताजा अपडेट
सुकुना माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम, ८२ प्रिण्ट रगत संकलन
Uttari Morang
सोमबार, पुष ०२, २०८०
मोरङको सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा आइतबार बिहान गरिएको रक्तदान कार्यक्रममा ८२ प्रिण्ट रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङ र रक्तसञ्चार केन्द्र कोशी प्रदेशको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ८२ जनाले रक्तदान गरेका थिए ।
रगतको अभाव परिपुर्ति गर्ने उद्देश्यले विद्यालयकोको इतिहासमा पहिलोपटक आयोजित रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको उत्साहजनक सहभागिता रहेकोे विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले बताउनुभयो ।






