२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना बारे अन्तरक्रिया

Author Uttari Morang
आइतबार, माघ १३, २०८१
बेलबारीमा जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना बारे अन्तरक्रिया

बेलबारी । जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी परामर्श तथा छलफल कार्यक्रम बेलबारीमा सम्पन्न भएको छ ।
आइतबार सामुदायिक वन, सामुदायिक वन उपभोक्ता महासंघ, आदिवासी जनजाति महासंघ आदि संघ संस्थाका प्रतिनिधि एवम् कर्मचारीहरुको समेत सहभागितामा बेलबारी नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाको आयोजना र कोशी प्रदेशका लागि कार्यक्रम संयोजन गर्दै आएको संस्था आदिवासी जनजाति महासंघको संयोजनमा भएको कार्यक्रममा जैविक बिविधता र त्यसको महत्त्व, जैविक विविधताको दिगो ब्यबस्थापन, जैविक विविधता महासन्धि, प्रकृति ब्यबस्थापन, प्राकृतिक स्रोतहरुको बाँडफाँड र प्रभावकारी ब्यबस्थापन जस्ता बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ (नेफिन) का कोषाध्यक्ष बिमल सारुले सहजीकरण गरेका थिए भने आदिवासी जनजाति महासंघका महासचिव दिवस राइले जैविक विविधताबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुलाइ तीन समुहमा बिभाजन गरी जैविक बिबिधता सम्बन्धि समस्या र समाधानका उपायहरुबारे लिखित सुझाव लिइएको थियो ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइले बेलबारी नगर क्षेत्रमा पनि जैविक विविधता नष्ट हुँदै गएको बताए । नगरपालिकाले विभिन्न ५० स्थानहरुको माटो परिक्षण गर्दा ५ स्थानको माटो मात्र राम्रो रहेको र ४५ स्थानको माटो जैविक हिसाबले खराब रहेकोे रिपोर्ट आएको बताए । वनमा हुने सडे गलेका काठका धोद्राहरु समेत नरहँदा बन्यजन्तुहरुको बासस्थानमा समस्या हुँदै गएको उनले बताए । वन र प्राकृतिक सम्पदा बिनास भइरहे पनि स्थानीय सरकारको साधन स्रोतले मात्रै समस्या समाधान गर्न सक्ने अबस्था नरहेको मेयर राइले बताए ।
नेपाल सरकारले जैविक विविधता संरक्षणका लागि कानुन निर्माण गर्ने तयारी गरिरहेकोले सुझावका लागि देशका ४९ स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको छ । सोही क्रममा आइतबार बेलबारी नगरपालिकामा कार्यक्रम भएको हो ।