२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
पूर्वी नेपाल

बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

Author Uttari Morang
बुधबार, जेठ ०२, २०७५
बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

लामो समयदेखि भाडामा कोठा लिएर संचालन हुँदै आएको ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ ।

तामाङ घेदुङ गुम्बा बेलबारी र तमु गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै बन कार्यालय उत्तरपट्टि आफ्नो स्वामित्वमा रहेको जग्गा दिएपछि  भवन बन्ने भएको हो । ट्राफिक प्रहरीका असइ लिला श्रेष्ठले दिएको जानकारी अनुसार तामाङ गुम्बाले करिब ८ कठ्ठा जग्गा दिएको छ । त्यसैगरी तमु गुम्बाले समेत सोही स्थानमा १ कट्ठा जग्गा उपलब्ध गराएको छ । दुई संस्थाले उपलब्ध गराएको ९ कठ्ठामा भवन बनाउने तयारी थालिएको श्रेष्ठले बताए ।

ट्राफिक प्रहरी पोष्ट बेलबारीको आयोजनामा बुधबार भएको सर्वपक्षीय भेलाले समाजसेवी प्रताप थापाको अध्यक्षतामा १३ सदस्यीय ट्राफिक भवन निर्माण समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी समेतको उपस्थितिमा भएको भेलाबाट गठित समितिको उपाध्यक्षमा माधब थापा, सचिव लीला श्रेष्ठ, कोषाध्यक्ष रुक्मिणी धिमाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कन्चन राई, धर्म गुरुङ, शान्ता तामाङ, कृष्ण गुरुङ, भोला गौतम, राजेन्द्र अधिकारी, सन्देश तामाङ र बाबुराम श्रेष्ठ रहेका छन्  ।

भेलाले तिलक राई, महेन्द्र सुवेदी, शिवप्रसाद बराल, धर्म कट्टेल अम्बिका भण्डारी, डिल्ली पुरी, गोबिन्द निरौला, पुर्ण गुरुङ र गंगा श्रेष्ठ रहेको  अनुगमन समिति गठन गरेको छ ।

भवन बनाउन समिति निर्माण भएपनि हालसम्म कुनै बजेट बिनियोजन भएको छैन । नगरपालिकाले सहयोग गर्ने वचन दिएको र अन्य स्रोतबाट समेत सहयोग जुटाएर भवन निर्माण गरिने नवगठित समितिका अध्यक्ष प्रताप थापाले बताए । – केशु विरही