२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

Author Uttari Morang
बुधबार, भाद्र २०, २०७५
मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् ।

 क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि  विद्यार्थी जुर्मुराएका हुन् ।

सुकुना बहुमुखी क्याम्पसका विद्यार्थी  तथा स्थानीय मिलन घिमिरेका अनुसार स्ववियुले आज र भोलि अर्थात बुधबार र बिहीबार  अाफ्नै कलेजभित्र अार्थिक संकलन गर्नेछ र त्यसपछि बाहिर समाजमा पनि उनकाे सहयाेगकाे लागि अार्थिक सहयाेग संकलन गरिनेछ ।

विद्यार्थीले संचालन गरेकाे मानवीय कार्यमा सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई खुसी छन् । उनी विद्यार्थीकाे याे कार्यलाई क्याम्पसकाे पूर्ण सहयाेग रहने र सबैलाई सहयाेग पुर्याउन पनि अाग्रह गर्छन ।

चौधरीकाे अार्थिक अवस्था त्यति राम्राे छैन। परिवारलाई उनलाई निकाे भएर अरुजस्तै हिडडुल गरेकाे हेर्न चाहन्छन् । तर अार्थिक अवस्था उनीहरुकाे विचमा तगाराे भएर अाईदिएकाे छ । परिवारले उनकाे जीवन वचाईदिन समाजसँग गुहार मागिरहेका छन् ।

उनी विगत २ वर्षदेखि अाेछ्यानमा छन् । अार्थिक अवस्था कमजाेर भएकाेले केही सहयाेग गर्न सकिन्छ कि भनेर अाफूहरु लागिरहेकाे घिमिरे वताउँछन् ।