२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

Author Uttari Morang
बुधबार, आश्विन १०, २०७५
सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ ।

अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर पढाईकाे खर्चकाे जाेहाे गर्दै अाएकाे खवर भाईरल भएपछि केहिदिन अघिमात्र बेलबारी नगरपालिकाले उनलाई पढाईमा सहयाेग पुगाेस भन्ने हेतुले सहयाेग बापत रु १० हजार उपलव्ध गराएकाे थियाे ।

नगरपालिकाले सहयाेग गरेकाे केही दिन वित्न नपाउँदै वुढीगङ्गा गाउपालिका वार्ड नं ५ बस्ने रीता न्याैपानेले बालिकालाई पढुन्जेलसम्मा पढाईमा लाग्ने कपी किताबको  खर्च उपलव्ध गराउने घाेषणा गरेकी छिन ।

विद्यालय संचालक समेत रहेकी रीता न्याैपानेले बुधबार (अाज)  बेलबारी नगरपालिकामा एक पत्रकार सम्मेलन नै गरेर साे घाेषणा गरेकी हुन ।

उनले अाफू पनि गरिव परिवारकाे सदस्य भएकाे, अाफूले जस्ताे अरुले पैसाकाे अभावमा विद्यालय गएर पढ्नबाट वन्चित हुनु नपराेस भनेर बालिकाकाे पढाईमा सहयाेग गर्न रुचाएकाे वताईन ।

उनकाे याे घाेषणाले अब भने बालिकाले पुन पढाईका लागि सफारीकाे बिड समात्नु पर्ने सम्भावना टरेर गएकाे छ ।

१४ वर्षीय बालिका हाल लक्ष्मी मावि बेलबारी नगरपालिका ११ मा कक्षा ९ मा अध्ययनरत छिन ।

पत्रकार सम्मेलनमा बेलबारी नगरपालिका उपप्रमुख ढाकुमारी पराजुली लक्ष्मी माविका प्रधानाध्यापक गाेविन्द भण्डारी र बालिकाकी अामाकाे समेत सहभागिता रहेकाे थियाे ।