२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

Author Uttari Morang
आइतबार, आश्विन १४, २०७५
देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  ।

शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ ।

स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका थिए । हात्तीले स्थानीय जीत बहादुर देवानको घर भत्काएको छ । देवानको घर पुर्ण रूपमा भत्काउदा अन्नपात, लत्ताकपडा लगायत सबै क्षति भएको स्थानीय युवा ठानेश्वर बरालले बताए । देवानको घरमा आइतबार बिहान केराबारी ९ का वडाध्यक्ष लगायतका जनप्रतिनिधि पुगेर खाध्यान्न लगायतका सामग्री सहयोग गरेका छन्

गाउँमा हात्ती आएको थाहा पाएपछि देवीझोडाका सबैजसो गाउँलेहरुले रांको र लाठी मुङ्ग्री बोकेर भेला भइ होहल्ला गर्दै हात्ती धपाउने कोशिश गरेका थिए । हात्ती आतंक बढेपछि राती नै प्रहरी टोली समेत आएको थियो । रातभरको होहल्ला र मेहनतपछि पाँच मध्ये तीनवटा हात्ती लोहोन्द्रा खोला तरेर पारितिर गएको र दुईवटा हात्ती देवीझोडा सिरानको जंगलतिर गएको स्थानीय कुशल पौडेलले बताए ।

स्थानीय युवा बरालका अनुसार शुक्रबार रातीदेखि नै ती पाँचवटै हात्ती खोरिया क्षेत्रमा प्रवेश गरेका थिए । शुक्रबार राती हात्तीले खोरिया क्षेत्रमा केही बिघा क्षेत्रफलमा लगाएको धानबाली बिगारेको र जंगल छेउमा बसेका तिनै हात्ती शनिबार राति गाउँ पसेको उनलेे जानकारी दिए । पाँचमध्ये दुइवटा हात्ती आइतबार बिहान पनि देवीझोडा सिरानको जंगलमा देखा परेकोले फेरि  पनि हात्ती आउनसक्ने बरालले बताए । – अम्बिका भण्डारी