२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाबाट दुइ सयभन्दा बढीले लिए २५ हजारको उपचार सहयोग

Author Uttari Morang
बिहिबार, पुष १९, २०७५
बेलबारी नगरपालिकाबाट दुइ सयभन्दा बढीले लिए २५ हजारको उपचार सहयोग

नगरपालिकाले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्न थालेयता हालसम्म २ सयभन्दा बढीले उपचार सहयोग पाएका छन् ।

गत बर्ष कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको थियो  ।
उपचार नपाई कोही पनि थला पर्नु पर्दैन, मेयर सुवेदीलेे भने
आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका बस्तीमा नै पुगेर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना नगरले गर्ने गरेको छ । । खर्च अभाव भएर तथा उपचार नपाई कोही पनि बिरामी भएर ओछ्यानमा थला पर्न नदिने गरी नगरपालिकाले स्वस्थ्य शिविरको आयोजना गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । अहिलेसम्म नगरपालिकाले तिन दर्जन भन्दा वढी शिविर गाँउमा गरेको समेत उनले जनाए । शिविर वाट २० हजार भन्दा वढी नगरवासीले सेवा लिएको समेत उनले बताए ।