२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण

Author Uttari Morang
बिहिबार, पुष १९, २०७५
केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण

मोरङको  केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख  बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ ।

बिहीबार  केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण  गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा एक कार्यक्रम गरी कृषि सामग्री बितरण गरिएको हो ।

बितरण गरिएका कृषि सामग्रीहरुमा घाँस काट्ने मेसिन (ग्रास कटर) १ थान, बिषादी स्पेयर पावर १३ थान, ८ फ्रेमको मह काड्ने मदानी १ थान, मकै छोडाउने मेसिन ( कन्सेलर) १ थान, धान झार्ने मेसिन (मिनि थेसर) १ थान र चिया टिप्ने मेसिन ३ थान छन् ।

गाउँपालिकाले विभिन्न कृषकलाई ब्यक्तिगत तथा संस्थागत रूपमा ती सामग्री बितरण गरेको हो ।  

केराबारी गाउँपालिका अन्तरगतको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार चालुु आर्थिक बर्ष ०७५/०७६ को बजेटमा गाउँपालिकाले कृषि क्षेत्रमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सो मध्ये विभिन्न कार्यक्रम संचालन गर्ने क्रममा ५० प्रतिशत अनुदानमा मेसिनरी औजारहरु बितरण गरिएको उनलेे बताए ।

गाउँपालिकाका अनुसार कृषकहरुलाइ बिहीबार अनुदानमा दिइएका मेसिनरीहरु साढे ३ लाख रुपैयाँ बराबरका छन्  । जसमध्ये ५० प्रतिशत गाउँपालिकाले ब्यहोरेर ५० प्रतिशत छुटमा कृषकहरुलाइ ती सामग्रीहरु दिइएको बताइएको छ ।

गाउँपालिकाले यस अघि पनि कृषकहरुलाइ अनुदानमा पावर टिलर, हाते ट्याक्टर जस्ता मेसिनरी औजार बितरण गरिसकेको छ ।  त्यसैगरी विभिन्न वडालाइ बालीनाली तथा पशुपालनको पोकेट क्षेत्र घोषणा गरी कृषकहरुलाइ बीउ बिजन, बिरुवा, मेसिनरी सामान लगायत विभिन्न अनुदान दिदै आएको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताए ।