२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सामुदायिक वनको साधारणसभामा कानुनमन्त्रीको आतिथ्यता, नेकपामा आए सातजना कांग्रेस

Author Uttari Morang
शनिबार, पुष २८, २०७५
सामुदायिक वनको साधारणसभामा कानुनमन्त्रीको आतिथ्यता, नेकपामा आए सातजना कांग्रेस

पथरीशनिश्चरे, मोरङ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मोरङ पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविर छेउमा निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरेका छन्   ।

मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद तथा  मन्त्री ढकालले शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न एक कार्यक्रममा सो आग्रह गरेका हुन्  । उनले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार आदिवासी जनजाति संग्रहालय निर्माण  हुने बताए  । उनले पाथीभरा, वराहक्षेत्र र हलेसी जस्तै महत्त्वपूर्ण  धाम बनाउने कुराप्रति नतर्सिन अनुरोध समेत गरे  ।

आफ्नो निर्वाचन क्षेत्रको समस्याको रुपमा रहेको वसोवासको समस्यालाई कानून वनाएर समाधान गर्ने समेत दोहोर्याउँदै उनले आफुहरुले वचन दिएका काम गरेरै छोड्ने प्रतिवद्धता व्यक्त  गरे । वैशाखसम्ममा भूमि सम्वन्धि कानून वनाइसक्ने उनको भनाइ थियो । वेथितीको अवस्थाको मुलुक नयाँ हिसावले निर्माण गर्न केही समय लागेको उल्लेख गर्दै उनलेे हालसम्म १ सय ५६ वटा कानून वनाएर थिती वसाल्दै गरेको जनाए  ।

नेकपाको भेटघाट कार्यक्रमका क्रममा मन्त्री ढकालको हातबाट टीका लगाएर नेपाली कांग्रेसका २ नम्वर वडा सदस्यका उम्मेदवार खडानन्द न्यौपाने सहित सोही पार्टीका गंगाप्रसाद घिमिरे, खड्गप्रसाद भारती, लालबहादुर सोडारी, सुरेन मैनाली सहित ७ जना नेकपामा प्रवेश गरेका छन्  ।

भेटघाट कार्यक्रमपछि शनिबार नै डाँसमोरङ्गी सामुदायिक वन समूहले आफ्नो १७ औं साधारणसभाका अवसरमा मन्त्री ढकाललाई सम्मानपत्रले सम्मानित गरेको थियो  ।