२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

निबन्ध शिरोमणि लामिछानेको जन्म जयन्ती मनाइयो

Author Uttari Morang
आइतबार, माघ १३, २०७५
निबन्ध शिरोमणि लामिछानेको जन्म जयन्ती मनाइयो
शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार निबन्ध शिरोमणि शंकर लामिछानेको जन्मजयन्ती मनाइयो ।
जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।
यसै गरी युवाका हेराइमा शंकर लामिछाने सत्रमा निबन्धकार युवराज नयाँघरे, डा.ज्ञानु अधिकारी, रामप्रसाद पन्त, पवन आलोकले शंकरको लेखन कलाबारे चर्चा गरेका थिए । सबै वक्ताले शंकरको लेखनले नेपाली साहित्य सधैँ आलोकित हुने कुरा समेत बताएका थिए ।
अन्तक्र्रियामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, पद्मावती सिंह लगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गरेका थिए ।