२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले

Author Uttari Morang
सोमबार, माघ २१, २०७५
घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले

उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ । 

कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन्  । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु भेटिन थालेका छन । नगरपालिकाको प्राविधिक सहयोग तथा विउ किनेर दिएपछि अहिले कृर्षका घरका कोठामा समेत पलाष्टिक भित्र च्याउका पोका भेटिने गरेका छन् । बेलबारी नगरपालिकाका वडा नम्बर ६ र ३ का धेरै घरमा पोका झुन्ड्याएर राखिएको देेेख्न सकिन्छ ।

‘कोठामा पनि च्याउ फल्दो रहेछ धेरै समय पनि दिनु नपर्ने रहेछ’ बेलबारीका ३ का जेवि कोईरालाले भने ‘भुईमा राखेर र झुन्डयाएर पनि खेति गर्न सकिदो रहेछ, घरका कोठा भाडा लगाउनु भन्दा च्याउको खेति गर्दा फाईदा हुने रहेछ ।’

बेलबारी होटल ब्यावसायी संघका अध्यक्ष समेत रहेका मोहन पोख्रेलले भने ‘च्याउको बजार पाईदैन भन्ने चिन्ता  छैन, त्यहि भएर सुत्ने कोठामानै च्याउका पोका झुन्डाउन मन लागि रहेको छ ।’ आफैंले उत्पादन गरेको अर्गानिक तरकारी खान पाउनु नै ठुलो कुरो हो पोख्रेलले भने ‘वेलवारीका होटलमा च्याउको तरकारी पाईन्छ भनेर पहिचान वनाउनु छ ।’
६ नम्वर वडाले उत्पादन बर्षका रुपमा आफनो वडामा च्याउको विउदेखि प्राविधक सहयोगसम्मको योजना अगाडि सारेको छ । ‘तरकारीको विउ दिन्छौं, को कृषककस्तो भन्ने थाहा हुन्छ, वडा अध्यक्ष उदय वहादुर राईले भने  ‘विउ दिएपछि लगेर वारीमै मिल्कायो भने पनि पछि फल्छ र उस्ले स्वाद पाएर खेति गर्न थाल्छ ।’

बजारसगै जोडिएको वडा नम्बर ३ ले आफनै उत्पादन खान सिकाउनका लागि तरकारीमा जोड दिएको बताएको छ । माछा मारेर दिने भन्दा पनि माछा मार्न सिकाउने गरी आत्म निर्भर बनाउने लक्ष्य रहेको वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।
नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले छुटाछुटै वडामा उत्पादनसंग जोडिएर फरक फरक कार्यक्रम ल्याएको बताए । उनले तरकारी खेतिदेखि मासु उत्पादन तथा सुपारी खेतिसम्मलाई जोड दिएको बताए ।