२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम

Author Uttari Morang
बिहिबार, फाल्गुण ०२, २०७५
पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम

तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ ।
पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी दुर्गम जिल्ला तेह्रथुम सुगम जस्तै हुन थालेको छ ।
सडक निर्माण भएपछि पुराना बजार नयाँ हुन थालेका छन । राजमार्ग अासपासका क्षेत्रमा सहर बिस्तार हुन थालेको छ । सडक बिस्तार भएपछि गाउँकाे मुहार फेरिएको छ । सडक अासपासका क्षेत्र हरुमा सहरिकरण भई पुराना बजारहरुमा ठुला ठुला पक्की घरहरु निर्माण हुन थालेका छन ।
साे क्षेत्रका बासिन्दाहरुले सडककाे अासपास घर बनाउन थालेपछि सहरिकरण बढ्दै गएकाे सक्रान्ति बजार निवासी बासु बरालले बताउनु भयाे ।
लाेकमार्गले छाेएकाे ब्यापारीक केन्द्रहरुमा अाठराईकाे चुहानडाँडा , सक्रान्ति बजार, हलिमेला , जिल्ला सदरमुकाम म्याङ्लुङ , जिरिखिम्ति , बसन्तपुर रहेका छन । तेह्रथुमको बसन्तपुर नमुना सहरकाे रुपमा अगाडि बढेकाे छ ।
सडक सञ्जालले दैनिक उपभाेग्य सामाग्रीहरु ढुवानी गर्न सहज भएकाे आठराई चुहानडाँडाका प्रकाश बास्काेटाले बताउनु भयाे ।
सडक आसपासका हाेटल व्यावसाय फस्टाएको छ । गाउँ गाउँमा सडक सञ्जाल सगै अावत जावतमा सहज भएको छ । स्थानीय स्तरमा उत्पादित अदुवा , अम्लिसाे ,सुन्तला तथा काठकाे गाेलिया लगायत वस्तुहरु विक्री गर्न समेत सहज भएकाे छ ।
स्थानीय उत्पादनले बजार पाएपछि साे क्षेत्रका बासिन्दाकाे आय आर्जनमा बृद्धि भई जीवन स्तरमा समेत परिवर्तन  आउन थालेको बताइएको छ ।