२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै

Author Uttari Morang
शनिबार, चैत्र ०९, २०७५
सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु  पनि दङ्ग भएका छन् ।

पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे हाे।

लगभग अढाई विगाहा क्षेत्रफलमा फैलिएकाे याे खेलमैदानले सुन्दरहरैंचा १२ शुक्रबारे लाई मात्र नभएर छिमेकमा रहेकाे बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीलाई पनि धान्दै अाएकाे छ ।

त्यसाे त याे खेल मैदान स्थानीय महेन्द्र माविका विद्यार्थी र स्थानीयहरुकाे दैनिक प्रतियाेगिता तथा व्यायाम संचालन गर्ने मुख्य थलाेकाे रुपमा विकसित रहेकाे छ ।

मेयर ढकालद्वारा उद्घाटन :-

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले उद्घाटन गरेकाे याे खेलमैदानलाई नगरकै प्रतिष्ठाकाे रुपमा हेरिएकाे छ ।

चैत्र २ गते मेयर शिवप्रसाद ढकालले शिलान्यास गरेकाे याे खेलमैदानकाे २०७६ साल बैशाख ३० गते सम्ममा सम्पन्न गर्नेगरि काम भैरहेकाे शुक्रबारे खेलमैदान निर्माण उपभाेक्ता समितिका अध्यक्ष टिकाप्रसाद सुवेदी वताउँछन् ।

अध्यक्ष सुवेदीका अनुसार याे खेल मैदान सुन्दरहरैंचा नगरपालिका १२ नं वाडाकाे ५ लाख र नगरपालिकाकाे १५ लाख गरि कुल २० लाखकाे लगानीमा स्तरउन्नतिकाे काम भैरहेकाे छ ।

स्ताराेन्नति भैरहेकाे याे खेलमैदान निर्माणका साथसाथै खेलमैदानसँगै जाेडिएकाे किस्ति खाेलामा बाँधकाे निर्माण समेत भैरहेकाेले याे कार्यलाई स्थानीयले पनि विशेष महत्वकासाथ हेरेकाे पाईन्छ । प्रत्येकवर्ष बाँधकाे चपेटामा परेका स्थानीयहरुले खेलमैदानका साथमा तारजाली पनि गरिने भएपछि केही राहात मिल्ने अासा गरेका छन् ।

विकास निर्माणका काममा भने सधैँ सँगसँगै :-

अन्यकुरामा अा-अाफ्ना विचार राखे पनि विकास निर्माणका सवालमा भने एकजुट हुनु नै सुन्दरहरैंचाबासीकाे सुन्दरपक्ष रहेकाे स्थानीय गुरुप्रसाद अधिकारकाे मत रहेकाे छ ।

उनी भन्छन् – अरु कुरामा विमति रहेपनि विकास निर्माणका सवालमा भने सबै सुन्दरहरैंचाबासीहरु एकजुट छन् । याे नै सुन्दरहरैंचाकाे सुन्दरपक्ष रहेकाे छ ।”