२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश समिति गठन

Author Uttari Morang
मंगलबार, चैत्र १९, २०७५
नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश समिति गठन

नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेशको अध्यक्षमा श्याम सुन्दर उदास चयन भएका छन् ।
नेपाल नेत्र ज्योति संघको धनकुटामा सम्पन्न भएको १ नम्वर प्रदेश स्तरीय कार्यशाला गोष्ठी तथा भेलाले नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश कार्य समितिको दतर्थ समितिको अध्यक्षमा नेपाल नेत्र ज्योति संघ संखुवासभाका सभापति श्याम सुन्दर उदासलाई  चयन गरेको हो  ।
प्रदेश समितिमा १ नम्वर प्रदेशका सवै नेपाल नेत्र ज्योति संघका जिल्ला शाखाहरुको सिफारिसमा एक/एक जना सदस्यमा प्रतिनिधित्व हुने र उक्त समितिले १ नम्वर प्रदेशको सम्मेलन गर्ने नेपाल नेत्र ज्योति संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईले वताए ।
नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश स्तरीय प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै धनकुटा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले १ नम्वर प्रदेशभरी नै अन्धोपन निवारण गर्न नेत्र ज्योति संघले बिशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिदै अव कोहि पनि नेपालीहरु अन्धोपनबाट पीडित हुनु नहुने बताए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्रले देशभरि नै नेपाल नेत्र ज्योति संघले अन्धोपन निवारण गर्न विशेष कार्यक्रमका साथ आंँखा उपचार अभियान संचालन गर्ने वताए । केन्द्रिय सल्लाहकार तथा प्रतिनिधि सभाका सदस्य पदम नारायण चौधरीले आंँखा जस्तो संवेदनशिल र महत्वपूर्ण अंगको उपचारमा राज्यले पनि विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
नेपाल नेत्र ज्योति संघ १ नम्वर प्रदेशका संयोजक रविन्द्र चौधरीको अध्यक्षतमा सम्पन्न भएको १ नम्वर स्तरीय कार्यशला गोष्ठी तथा शिविरमा प्रदेश सभा सदस्य निरन राई, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवान, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य सागर प्रताव राणा ,राजनैतिक दलहरुको तर्फबाट टिका प्रसाद घिमिरे, सामाजिक स्ंघ संस्थाहरुको तर्फबाट धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे लगायतले आंँखा उपचारलाई राज्य तथा निजि क्षेत्रबाट समेत सहयोग गर्नु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा १ नम्वर प्रदेशका नेपाल नेत्र ज्योति संघका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रगति प्रतिवेदन र समस्याहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यशाला गोष्ठीले १ नम्वर प्रदेशमा राज्यका विभिन्न निकायहरु र सहयोगी संस्थाहरुको सहयोग तथा समन्वयमा अन्धोपन निवारणका लागि नयांँ रणनितिका साथ अभियान संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको नेपाल नेत्र ज्योति संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक बिजय सन्तोषी राईले जानकारी दिए । – विजय राई, धनकुटा